‘विदेशमा काम होइन, बजार खोज्छौं’: गुरुङ

पाेखरा | कात्तिक २६, २०७९

‘विदेशमा काम होइन, बजार खोज्छौं’:  गुरुङ

 

पोखरा: कास्की क्षेत्र नम्बर २ (२) बाट एमालेकी उम्मेदवार मीना गुरुङले एमालेकै नेतृत्वमा देशको समृद्धि सम्भव हुने बताएकी छन् । पोखरा ११ का विभिन्न टोलका मतदातासँग एमाले नेतृत्वको सरकारले गरेका कामको उदाहरण दिदै अब बन्ने सरकारले देशमा उत्पादनका सम्भावना खोज्ने बताइन् । उनले भनिन्, ‘सधैं अरुकै भरले देश चल्दैन । अब नेपालमै उत्पादन बढाएर विदेशमा बजार खोज्नुपर्छ । के उत्पादन गर्ने भन्ने योजना हामीसँग छ । विदेशमा रोजगारी खोजेर देशको समृद्धि हुँदैन ।’


अघिल्लो कार्यकालमा प्रदेशका ऐन, कानुन र पूर्वाधार बनाएकाले अबको कार्यकालमा जनताले प्रदेश सरकारको अनुभूति हुने गरी काम गर्ने उनले वाचा गरिन् । महिला, दलित, भूमिहीन, श्रमिक, निम्न वर्गका जनताको हितका लागि एमालेको योजना भएको उनको भनाई छ । उम्मेदवार गुरुङले भनिन्, ‘भूमीहीन, अव्यवस्थित बसोबासीलाई जग्गा दिने अभियान हामीले थालेका हौं, अब त्यो पूरा हुँदै छ । एकल, स्थिर र जनपक्षीय तवरले सरकार चलाउने सामथ्र्य एमालेसँग मात्र छ ।’


कास्की २ मा एमालेकी उम्मेदवार विद्या भट्टराई अधिकारीले मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार भन्ने अवस्था जनताको घरदैलोमा जाँदा देखिने बताईन् । उनले कास्कीका समस्या सम्बोधन गर्दै जनपक्षीय नीति निर्माण र सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई पूरा गर्ने वाचा गरिन् । उनले भनिन्, ‘हामी प्रदेश र संघ दुवैतिर महिला उम्मेदवार एमालेबाट आएका छौं । विगतमा हामीले इमान्दारीपूर्वक काम ग¥यौं । मूल्यांकन गर्ने अभिभारा तपाईहरुको हो ।’
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्